मोरङको मिक्लाजुङ गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी निर्वाचित

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

मोरङको मिक्लाजुङ गाउँपालिका अध्यक्षमा कांग्रेसका बबिकुमार  राई र उपाध्यक्षमा माओवादी केन्द्रका दिनेश पौडेल  निर्वाचित भएका छन् । सोमबार राति सम्पन्न मतगणनाअनुसार कांग्रेसका राई आठ हजार दुई सय ५३ मतसहित  विजयी भएका हुन् भने  उनका निकटतम् प्रतिस्पर्धी एमालेका नरेन्द्रप्रसाद ढुंगेलले चार हजार एक सय १६ मत प्राप्त गरे । 

यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रका पौडेल पाँच हजार ६ सय २६ मत प्राप्त गरेर विजयी भए । उनका निकटतम् प्रतिद्न्द्वी एमालेकी निर्मला राईले पाँच हजार चार सय ४५ मत प्राप्त गरिन् । ०७४ को निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेले जित हासिल गरेको थियो । ०७९ को निर्वाचनमा यहाँ कांग्रेस र माओवादी केन्द्रले गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धा गरेका थिए । 

यहाँको १ नम्बर वडा अध्यक्षमा कांग्रेसका पर्वत राई, २ नम्बरमा कांग्रेसकै बलबहादुर श्रेष्ठ ३ मा एमालेका सन्तोषकुमार मगर, ४ मा कांग्रेसका विशाल राई, ५ मा  माओवादी केन्द्रका मेघनाथ तामाङ, ६ मा कांग्रेसका खडिबहादुर मगर, ७ मा एमालेका सुशील चौहान, ८ मा माओवादी केन्द्रका पूर्णबहादुर कुँवर र ९ नम्बर बडा अध्यक्षमा कांग्रेसका सेमन्तराज दाहाल निर्वाचित भएका छन् । 
 

सम्पादकको रोजाइ

सुझावित समाचार