बाँफीकोटको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा नेपाली कांग्रेसका जनककुमार बाँठा विजयी भए । माओवादी केन्द्रका चन्द्रबहादुर केसीलाई ३१ मतको अन्तरले पराजित गर्दै बाँठा अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले चार हजार चार सय ५५ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका केसीले चार हजार चार सय २४ मत प्राप्त गरे । उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रकी तारा बुढा केसीले चार सय मतान्तरले जितिन् ।

केसीले चार हजार पाँच सय ६० मत ल्याउदा प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी नन्दाकुमारी केसी नाथले चार हजार एक  सय ६० मत पाइन् । बाँफीकोटका १० वडामध्ये माओवादीले आठ वडा जित्दा कांग्रेसले दुई वडा जितेको छ ।  कांग्रेसले जितेका दुई वडामध्ये एक वडामा भने एमाले र कांग्रेसको गठबन्धन भएको थियो । 

सम्पादकको रोजाइ

सुझावित समाचार