विराटनगरमा कांग्रेस उम्मेदवार कोइरालाको अग्रता कायमै

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाको अग्रता कायमै छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार कोइराला सात हजार पाँच सय ९१ मतसहित अग्रस्थानमा छन् ।

उनलाई एमालेका सागर थापाले पाँच हजार ८ सय २४ मतले पछ्याइरहेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार उमेश यादवले दुई हजार पाँच सय ४४ मत ल्याएका छन् । उपप्रमुखमा एमालेकी शिल्पा कार्की अगाडि छन् । उनको ६ हजार ६ सय ३३ मत आएको छ भने गठबन्धनबाट उम्मेदवार बनेका जसपाका अमरेन्द्र यादवको चार हजार दुई सय ३७ मत आएको छ । 

सम्पादकको रोजाइ

सुझावित समाचार