स्थगित पाँचखाल १३ मा आज मतदान

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा स्थगित भएको मतदान आज हुने भएको छ । बैशाख ३० गते हुन नसके निर्वाचन जेठ ३ गते अर्थात आज हुन लागेको  जिल्ला निर्वाचन कार्यालय प्रमुख उमेश राइले जानकारी दिए ।

 जिल्लामा एक मात्र मतदान केन्द्रमा  पाँचखाल १३ म मतदान रोकिएको थियो । निर्वाचन अधिकृतको कार्यालयले उक्त केन्द्रमा आज मतदान हुने सूचना टाँस गरेको थियो । 

उक्त मतदान केन्द्रमा जिल्ला प्रशासन कार्यालय काभ्रेका सहाय प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवार निर्वाचन अधिकृत भएर निर्वाचन हुने भएको छ । 
सबै तयारी पूरा गरेर आज निर्वाचन हुने जिल्ला निर्वाचन कार्यालय काभ्रेले जनाएको छ  । 

सुझावित समाचार