पालिका प्रमुख–उपप्रमुख को कहाँ विजयी ?

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण
पालिका प्रमुख–उपप्रमुख को कहाँ विजयी ?

नुवाकोटको तादी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा विजयी उम्मेदवार ।

सोमबार मध्यरातिसम्म कांग्रेस ९१, एमाले ५९, माओवादी ४६, एकीकृत समाजवादी ४ र जसपा एक ठाउँमा विजयी

मकवानपुर : इन्द्रसरोवर गाउँपालिका प्रमुखमा एमालेका देवकृष्ण पुडासैनी र उपप्रमुखमा उमाकुमारी लामा विजयी भएका छन् । 

दाङ : बंगलाचुली गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका तुलसीराम पुन र उपाध्यक्षमा कांग्रेसका भक्तबहादुर जिसी विजयी भएका छन् । राजपुर गाउँपालिका अध्यक्षमा कांग्रेसका शरद बुढाथोकी र उपाध्यक्षमा कांग्रेसकै धनपतिदेवी यादव विजयी भएका छन् ।

कञ्चनपुर : बेलडाँडी गाउँपालिका अध्यक्षमा कांग्रेसका हरिचन्द्र राना र उपाध्यक्षमा कांग्रेसकै शान्तिनाथ निर्वाचित भएका छन् । लालझाडी गाउँपालिका अध्यक्षमा एमालेका निर्मल राना र उपाध्यक्षमा एमालेकै सपना चौधरी निर्वाचित भएका छन् । 

दैलेख : महावु गाउँपालिका अध्यक्षमा कांग्रेसका लक्ष्मण गुरुङ र उपाध्यक्षमा सोही पार्टीकी मञ्जु पाण्डे विजयी भएका छन् । भगवतीमाई गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका गणेशबहादुर थापा र कांग्रेसकी मीना खड्का थापा विजयी भएका छन् । भैरवी गाउँपालिकाको अध्यक्षमा रिता शाही र उपाध्यक्षमा कांग्रेसकै देवी भण्डारी विजयी भएका छन् । डुंगेश्वर गाउँपालिकाको अध्यक्षमा एमालेका सुन्दरकुमार केसी र उपाध्यक्षमा एमालेकै कलावती न्यौपाने विजयी भएका छन् । गुराँस गाउँपालिकाको अध्यक्षमा एमालेका टोप बिसी र उपाध्यक्षमा शिवाकुमारी खड्का विजयी भएका छन् ।

बाग्लुङ : गलकोट नगरपालिका प्रमुखमा कांग्रेसका भरत शर्मा गैरे र उपप्रमुखमा माओवादी केन्द्रका फमलाल निउरे विजयी भएका छन् । 

स्याङ्जा : गल्याङ नगरपालिकाको प्रमुखमा कांग्रेसका गुरुप्रसाद भट्टराई र उपप्रमुखमा कांग्रेसकै हेमा न्यौपाने विजयी भएका छन् । भिरकोट नगरपालिका प्रमुखमा कांग्रेसका गोविन्दकुमार कर्माचार्य र उपप्रमुखमा कांग्रेसकै भगवती रेग्मी अर्याल निर्वाचित भएका छन् । फेदीखोला गाउँपालिका अध्यक्षमा एमालेका घनश्याम सुवेदी र उपाध्यक्षमा एमालेकै देउकुमारी गुरुङ निर्वाचित भएका छन् । 

संखुवासभा : खाँदबारी नगरपालिकामा कांग्रेसका महेश थपलिया र उपप्रमुखमा एमालेकी महेश्वरा बज्राचार्य विजयी भएका छन् । सिलिचोङ गाउँपालिका अध्यक्षमा कांग्रेसका भूपालराज मेवाहाङ र उपाध्यक्षमा देविता कुलुङ विजयी भएका छन् । सभापोखरी गाउँपालिका अध्यक्षमा कांग्रेसका भीमबहादुर लिम्बु र उपाध्यक्षमा एकीकृत समाजवादीकी लक्ष्मी चापागाईं विजयी भएका छन् । मकालु गाउँपालिका अध्यक्षमा कांग्रेसका ओङ्दीछिरिङ शेर्पा र उपाध्यक्षमा माओवादीकी मनकला राई विजयी भए । 

सोलुखुम्बु : महाकुलुङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका सूर्यबहादुर कुलुङ र उपाध्यक्षमा कांग्रेसकै विपना कुलुङ विजयी भएका छन् । सोताङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका खिलराज बस्नेत र उपाध्यक्षमा कांग्रेसकै अञ्जु नाछिरिङ विजयी भएका छन् । माप्य दुधकोसी गाउँपालिका अध्यक्षमा एमालेका बुद्धिकिरण राई र उपाध्यक्षमा माओवादी केन्द्रका गौरव राई निर्वाचित भएका छन् । 

ताप्लेजुङ : मैवाखोला गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका विजयप्रकाश वनेम र उपाध्यक्षमा कांग्रेसकी कमलकुमारी वनेम विजयी भएका छन् । मेरिङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका युकाहाँ वीर लिम्बु र उपाध्यक्षमा एकीकृत समाजवादीका दुर्गाप्रसाद चोङबाङ निर्वाचित भएका छन् । मिक्वाखोला गाउँपालिका अध्यक्षमा कांग्रेसका भक्तबहादुर कार्की र उपाध्यक्षमा माओवादीका डण्डु शेर्पा लामा विजयी भएका छन् ।

म्याग्दी : मंगला गाउँपालिकाको अध्यक्षमा एमालेका सतप्रसाद रोका र उपाध्यक्षमा सोही पार्टीका पेमा अधिकारी विजयी भएका छन् । रघुगंगा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका भवबहादुर भण्डारी र उपाध्यक्षमा कांग्रेसकै प्रेमकुमारी पुन विजयी भएका छन् ।

इलाम : माङसेबुङ गाउँपालिका अध्यक्षमा एमालेका हेमन्त राई र उपाध्यक्षमा जसपाका विनोद नेम्वाङ विजयी भएका छन् । सन्दकपुर गाउँपालिका अध्यक्षमा कांग्रेसका तुलराम गुरुङ र उपाध्यक्षमा एकीकृत समाजवादीका हरिबहादुर लुंगेलीमगर निर्वाचित भएका छन् । 

उदयपुर : लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षमा माओवादीका मेजरकुमार राई र उपाध्यक्षमा कांग्रेसका पुष्पलाल राई निर्वाचित भएका छन् । 

तनहुँ : म्याग्दे गाउँपालिकाको अध्यक्षमा एमालेका श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्षमा कांग्रेसका बालकृष्ण घिमिरे विजयी भएका छन् । देवघाट गाउँपालिका अध्यक्षमा कांग्रेसका तिलबहादुर थापा र उपाध्यक्षमा माओवादी केन्द्रका भुवनसिंह गुरुङ निर्वाचित भएका छन् । घिरिङ गाउँपालिकाको अध्यक्षमा एमालेका होमबहादुर थापा र उपाध्यक्षमा एमालेकै राधादेवी अधिकारी विजयी भएका छन् ।

मकवानपुर : भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमालेका हिदम लामा र उपाध्यक्षमा कांग्रेसका सञ्जीव श्रेष्ठ विजयी भएका छन् । 

नुवाकोट : तादी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका सन्तमान तामाङ र उपाध्यक्षमा माओवादीका सञ्जु प्याकुरेल विजयी भएका छन् । तारकेश्वर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका शिव अधिकारी र उपाध्यक्षमा माओवादी केन्द्रका हरिप्रसाद रिमाल विजयी भएका छन् ।

रोल्पा : रोल्पा नगरपालिका प्रमुखमा माओवादी केन्द्रका सुरेन्द्र थापा र उपप्रमुखमा माओवादीकै गीता आचार्य विजयी भएका छन् । परिवर्तन गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका सुकबहादुर बुढा र उपाध्यक्षमा माओवादीकै कलादेवी खत्रिनी विजयी भएका छन् ।

कास्की : रुपा गाउँपालिकाको अध्यक्षमा एमालेका नवराज ओझा र उपाध्यक्षमा एमालेकै लालसुब्बा गुरुङ निर्वाचित भएका छन् । 

सिराहा : भगवानपुर गाउँपालिकाको अध्यक्षमा एमालेका उग्रनारायण यादव र उपाध्यक्षमा एमालेकै रेखाकुमारी यादव विजयी भएका छन् ।

सल्यान : त्रिवेणी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका खिमबहादुर रावत र उपाध्यक्षमा कांग्रेसकै सीता खड्का पुन विजयी भएका छन् । सिद्ध कुमाख गाउँपालिका अध्यक्षमा कांग्रेसका भरत गिरी र उपाध्यक्षमा माओवादीका रामबहादुर बस्नेत विजय भएका छन् । 

कालिकोट : पलाँता गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका इन्द्रबहादुर रोकाय र उपाध्यक्षमा सोही पार्टीका मानबहादुर भण्डारी विजयी भएका छन् । 

खोटाङ : ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा एमालेका गिरेन्द्रबहादुर राई र उपाध्यक्षमा कांग्रेसका राजेश राजभण्डारी विजयी भएका छन् । केपिलासगढी गाउँपालिका अध्यक्षमा कांग्रेसका समीर राई र उपाध्यक्षमा एकीकृत समाजवादीका गुरुराज राई विजयी भएका छन् । बराहपोखरी गाउँपालिका अध्यक्षमा कांग्रेसका शालिकराम बन्जरा र उपाध्यक्षमा एकीकृत समाजवादीका भुवलराज राई विजयी भएका छन् । 

ओखलढुंगा : चम्पादेवी गाउँपालिका अध्यक्षमा कांग्रेसका नवराज केसी र उपाध्यक्षमा एमालेकी दिलामाया मगर विजयी भएका छन् । चिशंखुगढी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका निशान्त शर्मा र उपाध्यक्षमा कांग्रेसका सन्तोषबाबु थापा विजयी भएका छन् । मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा स्वतन्त्र ज्ञानेन्द्र रुम्दाली र उपाध्यक्षमा कांग्रेसका आश्रचन राई विजयी भएका छन् । 

सर्लाही : रामनगर गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका राजाबाबु यादव र उपाध्यक्षमा सोही पार्टीका गीतादेवी साह विजयी भएका छन् । हरिपुर नगरपालिका प्रमुखमा कांग्रेसका गोपाल पंजियार र उपप्रमुखमा कांग्रेसकै निलमदेवी राय यादव विजयी भए । धनकौल गाउँपालिका अध्यक्षमा कांग्रेसका रामआश्रय साह र उपाध्यक्षमा अकली सहनी विजयी भएका छन् ।

धनकुटा : चौबिसे गाउँपालिका अध्यक्षमा एमालेका राजकुमार चेम्जोङ र उपाध्यक्षमा एमालेकै टंकमाया पाङमीमगर निर्वाचित भएका छन् ।

रसुवा : आमाछोदिङ्मो गाउँपालिका अध्यक्षमा कांग्रेसका बुचुङ तामाङ र उपाध्यक्षमा कांग्रेसकै चण्डिका तामाङ निर्वाचित भए ।  कालिका गाउँपालिका अध्यक्षमा कांग्रेसका हरिकृष्ण देवकोटा र उपाध्यक्षमा कांग्रेसकै मीरा लामा विजयी भए । गोसाइँकुण्ड गाउँपालिका अध्यक्षमा एमालेका कैसाङनुर्पु तामाङ र उपाध्यक्षमा सोही पार्टीकी प्रतिमा लामा विजयी भए । उत्तरगया गाउँपालिका अध्यक्षमा एमालेका माधव अर्याल र उपाध्यक्षमा एमालेकी चमेली गुरुङ विजयी भए । 

अछाम : कमलबजार नगरपालिका प्रमुखमा कांग्रेसका यज्ञप्रसाद ढकाल र उपप्रमुखमा एमालेकी शारदा विष्ट विजयी भएका छन् । ढकारी गाउँपालिकामा कांग्रेसका प्रकाशबहादुर साउद र उपाध्यक्षमा कांग्रेसकै नेत्रकला शाही विजय भएका छन् । रामारोशन गाउँपालिका अध्यक्षमा कांग्रेसका मानबहादुर साउद र उपाध्यक्षमा माओवादीकी सिर्जना बुढा विजयी भएका छन् ।  बान्नीगढी जयगढ गाउँपालिका अध्यक्षमा कांग्रेसका टेकबहादुर साउद र उपाध्यक्षमा एमालेबाट विन्दु रावल विजयी भएका छन् । चौरपाटी गाउँपालिका अध्यक्षमा कांग्रेसका भीमबहादुर साउद र उपाध्यक्षमा कांग्रेसकै सरा खड्का विजयी भएका छन् । 

जुम्ला : कनकासुन्दरी गाउँपालिका अध्यक्षमा कांग्रेसका दामोदर आचार्य र उपाध्यक्षमा कांग्रेसकै उम्मकली बुढा निर्वाचित भएका छन् । हिमा गाउँपालिका अध्यक्षमा कांग्रेसका लक्ष्मण शाही र उपाध्यक्षमा सोही पार्टीका सुर्पना शाही विजयी भएका छन् । 

सिन्धुली : घ्याङलेक गाउँपालिका अध्यक्षमा कांग्रेसका जगतबहादुर भोलन र उपाध्यक्षमा माओवादी केन्द्रका शंकरमान घलान विजयी भएका छन् ।

दार्चुला : शैल्यशिखर नगरपालिका प्रमुखमा एमालेका विजयसिंह धामी र उपप्रमुखमा एमालेकै शान्ति खडायत विजयी भएका छन् ।

सम्पादकको रोजाइ

सुझावित समाचार