ताप्लेजुङको आठराई–त्रिवेणी गाउँपालिकामा नेकपा एमालेका अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवार विजयी भएका छन् । एमालेका तर्फबाट उम्मेदवार बनेका दिपेन पोमु (लिम्बू)ले ५१० मतको मतान्तरले जित हासिल गरेका छन् । ३,०३६ मत प्राप्त गरी पोमु विजयी हुँदा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ सिटौलाले २,५२६ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा पनि नेकपा एमालेकै शान्ताकुमारी आङबुहाङ ४०७ मतको अन्तरले विजयी बनेकी छिन् । उनले २,८१९ भोट प्राप्त गर्दा उनी प्रत्याशी गठबन्धनबाट माओवादीकी प्रजिन हाम्बाङले २,४१२ मत प्राप्त गरेका छन् ।
यस गाउँपालिकामा पाँचवटा वडाहरू रहेका छन् । सो मध्ये १, २, ३, ४ मा वडाध्यक्ष नेकपा एमालेले जित हासिल गरेको छ भने वडा नं. ५ माओवादीले जित हासिल गरेको छ ।