उदयपुरको रौतामाई गाउँपालिकामा नेकपा एमालेलाई हराउँदै गठबन्धनका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार विजय भएका छन् । अध्यक्षमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका वीरेन्द्र मगर र उपाध्यक्षमा नेपाली कांग्रेसका भूपेन्द्रबहादुर थापा निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित मगरले प्रतिद्वन्द्वी एमालेका उम्मेदवार भरत थापालाई ८४२ मतले पराजित गरेका छन् । निर्वाचित भएका मगरले ४,१८८ मत प्राप्त गर्दा थापाले ३,३४६ मत पाएका छन् ।
त्यसैगरी, उपाध्यक्षमा गठबन्धनकातर्फबाट कांग्रेसका थापाले ३,६९९ मत पाएका छन् भने एमालेकी कुमारीज्यू ठकुरीले ३,०९३ मत पाएकी छिन् । थापाले ठकुरीलाई ६०६ मतको फरकले पराजित गरेका हुन् । ठकुरी यसअघि ०७४ सालको निर्वाचनमा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।