सिन्धुलीको घ्यालेक गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका जगतबहादुर भोलन विजयी भएका छन् । भोलनले नेकपा एमालेका उम्मेदवार चर्तुमान लोलाई ७ सय ४९ मतान्तरले पराजित गरेका हुन् । भोलनले २ हजार एक सय २ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका लोले एक हजार ३ सय ५३ मत प्राप्त गरे ।
भोलन २०७४ सालमा पालिका अध्यक्षमा निर्वाचित भएका थिए । त्यसैगरी, उपाध्यक्षमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका शंकरमान घलान २ हजार ९ सय ८३ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी एमालेकी प्रमिला वाइबाले १ हजार ५ सय २८ प्राप्त गरेकी छिन् ।
पालिका अध्यक्ष जिते पनि गाउँपालिकामा कांग्रेसले वडाध्यक्षहरू भने कुनै पनि जितेको छैन । यहाँ पाँचदलीय गठबन्धनले प्यानल बनाएर निर्वाचनमा होमिएको थियो ।