तनहुँको देवघाट गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

तनहुँकाे देवघाट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उमेदवार विजयी भएका छन्। अध्यक्षमा नेपाली कांग्रेसका तिलबहादुर थापा र उपाध्यक्षमा माओवादी केन्द्रका भुवनसिंह गुरुङ निर्वाचित भएका हुन् । अध्यक्षमा थापाले ४३०६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा एमालेका दुर्गबहादुर थापाले ३४८३ मत ल्याएका छन् । 
त्यस्तै, उपाध्यक्षमा गठबन्धनका उम्मेदवार गुरुङले ३७२१ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेकी सावित्री न्यौपानेले ३४६७ मत प्राप्त गरिन् । 
 

सम्पादकको रोजाइ

सुझावित समाचार