उदयपुरगढीको अध्यक्षमा एकीकृत समाजवादीका केप्छाकी मगर विजयी

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

उदयपुरको उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा मानबहादुर केप्छाकी मगर विजयी भएका छन् । गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का केप्छाकी मगरले प्रतिद्वन्दी एमालेका गोपालबहादुर खत्रीलाई ८२८ मतले पराजित गर्दै विजयी भएका हुन् । 

उदयपुरगढीका निर्वाचन अधिकृतका धनबहादुर कार्कीका अनुसार निर्वाचित मगरले ४ हजार ९४२ मत प्राप्त गर्दा खत्रीले ४ हजार ११४ मत मात्र प्राप्त गरेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट अध्यक्षमा निर्वाचित मगर विभाजनपछि एकीकृत समाजवादीमा लागेका थिए ।

उपाध्यक्षमा एमालेकी शोभाकुमारी मगरलाई पराजित गर्दै कांग्रेसका जितबहादुर खड्का निर्वाचित भएका छन् । खड्काले ४ हजार ६४८ मत ल्याउँदा एमालेकी मगरले ३ हजार ८६३ मात्र मत ल्याइन् । उदयपुरगढीमा जम्मा  १२ हजार ८५ मत खसेको थियो ।

आठवटै वडामा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । जसमा वडा नम्बर १ को अध्यक्षमा एकीकृत समाजवादीका दिलबहादुर राना मगर, वडा नम्वर २ को वडा अध्यक्षमा स्वतन्त्रका इन्द्रबहादुर राउत, ३ को वडाध्यक्षमा माओवादी केन्द्रका मनोजकुमार कार्की निर्वाचित भएका छन् ।

वडा नम्बर ४ को वडाध्यक्षमा माओवादी केन्द्रका रामबहादुर घले, वडा नम्बर ५ मा कांग्रेसका कुमार अधिकारी, वडा नम्बर ६ मा कांग्रेसका कृष्णबहादुर खत्री, वडा नम्बर ७ मा  माओवादी केन्द्रका भुवन केप्छाकी मगर, वडा नम्बर ८ मा एमालेका थिरबहादुर राउत निर्वाचित भएका छन् ।

सम्पादकको रोजाइ

सुझावित समाचार