ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार भक्तबहादुर कार्की विजयी भएका छन् । कार्कीले एमालेका दिवस चोङबाङलाई ५९ मतले हराएर विजयी बनेका हुन् । कार्कीले २०२३ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी दिवस चोङबाङले १९६४ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका डण्डु शेर्पा लामा ४३१ मतसहित विजयी भएका छन् । शेर्पाले २१६४ मत प्राप्त गरे भने उनका प्रत्यासी नेकपा एमालेकी मीनाकुमारी केदेमले १७४३ मत प्राप्त गरेकी छिन् ।
पाँचवटा वडा रहेको सो गाउँपालिकामा एमालेले १,२,३ र ४ नम्बर वडा जितेको छ । ५ नम्बर वडा माओवादीले जितेको छ । कांग्रेसले भने कुनै पनि वडा जितेको छैन ।