रोल्पाको परिवर्तन गाउँपालिकामा कांग्रेस–एमाले गठबन्धनलाई हराउँदै माओवादी विजयी

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

रोल्पाको परिवर्तन गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्ष नै विजयी भएका हुन् । 

अध्यक्षमा माओवादीका सुकबहादुर बुढाले ३३११ मत लिएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेसका विश्वकुमार चन्दले ३१३१ मत प्राप्त गरी पराजित भएका छन् ।

उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार कलादेवी खत्रीनी ३३८७ मतका साथ विजयी भएकी छिन् भने निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट एमालेकी सपना बुढामगरले २३०८ मत प्राप्त गरेकी छिन् । 

परिवर्तन गाउँपालिकामा ४ वटा वडामा माओवादी केन्द्र विजयी भएको छ भने २ वटा वडामा कांग्रेसले जित हासिल गरेको छ । 
 

सुझावित समाचार