ललितपुर महानगरमा चिरिबाबुको अग्रता कायमै, दुई वडामा एकीकृत समाजवादी र एकमा स्वतन्त्र विजयी

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

ललितपुर महानगरपालिकामा हालसम्म भएको मतगणनामा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले अग्रता लिएका छन्। अहिलेसम्म उनले ५ हजार ३०९ मत प्राप्त गरेका छ्न्।  

एमालेका हरिकृष्ण ब्यञ्जनकारले १ हजार ८९३ मतसहित महर्जनलाई पछ्याइरहेका छन् । महानगरमा हालसम्म तीनवटा वडाको नतिजा आइसकेको छ। 

वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार, वडा नम्बर २ मा नेकपा एकीकृत समाजवादीका राजेश महर्जन र वडा नम्बर ३ मा एकीकृत समाजवादीकै श्रीगोपाल महर्जन विजयी भएका छन्। 

अहिले महानगरको ४, ५ र ६ नम्बर वडाको मतगणना भइरहेको छ।

सम्पादकको रोजाइ

सुझावित समाचार