ललितपुरको कोञ्ज्योसोम गाउँपालिका प्रमुखमा नेकपा एमालेका कृष्णमान लामा विजयी भएका छन्। दुई हजार ९ सय ६८ मतसहित उनी विजयी भएका हुन्।
उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का गोपीलाल सिङ्तानले २ हजार २ सय ८८ मत मत ल्याएका छन्। पालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका राजनप्रसाद घिमिरे विजयी भएका छन्। उनले दुई हजार ९ सय ९० मत ल्याएका छन्।