ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयर उम्मेदवार कोही छैनन्। यहाँ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का बाबुराज बज्राचार्य उपमेयर उम्मेदवार छन्।
तर नेपाली कांग्रेसबाट उपमेयरमा पदमा उम्मेदवार नै नभए पनि कांग्रेसको चुनावचिह्नमा उपमेयरलाई मत खसेको छ। झन्डै ११ हजार मत गणना हुँदासम्म कांग्रेसको उपमेयरमा १ हजार १५१ मत खसेको छ। यो मतको कुनै अर्थ भने रहँदैन।
हाल माओवादी केन्द्रका बाबुराम वज्राचार्यले १५२४ मत मात्र प्राप्त गरेका छन्। ललितपुर महानगरपालिकामा हालसम्मको मतगणनाअनुसार मेयरका उम्मेदवार चिरिबाबु महर्जनले ४ हजार ७२८ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का हरिकृष्ण ब्यञ्जनकारले एक हजार ६८३ म पाएका छन्।