ओखलढुंगाकाे चिशंखुगढीमा कांग्रेसले मतपत्र च्यात्यो

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

ओखलढुंगामा नेपाली कांग्रेसका कार्यकर्ताले मतपत्र च्यातेका छन् । जिल्लाको चिशंखुगढी गाउँपालिकाको वडा नम्बर ३ को वडाध्यक्षका उम्मेदवारको मतपरिणाम बराबर आएपछि पुनः गणना गर्ने क्रममा कांग्रेसका कार्यकर्ताले २ वटा मतपत्र च्यातेका हुन् ।

कांग्रेसका जिल्ला सचिव राजकुमार ढुंगाना नेतृत्वका कांग्रेस कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणस्थलमा तनाव सिर्जना भएको छ । मतपत्र च्यात्ने कांग्रेस सचिव ढुंगानासहितका कांग्रेस कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख सुकदेव खनालले बताए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चिशंखुगढीमा माओवादी–कांग्रेसको तालमेल छ। पालिकामा गठबन्धन विजयी भइसकेको छ । वडा नम्बर ३ मा माओवादी र कांग्रेसकै वडाध्यक्षका उम्मेदवारको मत बराबरी आएपछि पुनः मतगणना गर्न थालिएको थियो । 

सम्पादकको रोजाइ

सुझावित समाचार