बाजुराको गौमुलमा एमाले विजयी

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

बाजुरा जिल्लाको गौमुल गाउँपालिकामा नेकपा एमालेका हरिबहादुर रोकाया अध्यक्ष र उपाध्यक्षमा सीता रोकाया (थापा)  विजयी भएका छन्। रोकायाले ३ हजार ४ सय ३४ मत ल्याएर विजयी भए भने कांग्रेसका हिरेन्द्रबहादुर रोकायाले १४ सय ७० मत ल्याएर पराजित भएका छन्। 

उपाध्यक्ष सीताले ३ हजार १ सय ९४ मत ल्याएर कांग्रेसकी उमा रोकायालाई पराजित गरेकी छिन्। उमाले १७ सय ४४ मत ल्याएकी थिइन्।  गौमुल गाउँपालिकामा ६ वटै वडा एमालेले जितेका छन्। 

See More On

सुझावित समाचार