कास्कीको रुपा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका नवराज ओझा निर्वाचित भएका छन् । त्यसैगरी उपाध्यक्षमा पनि एमालेकै लालसुब्बा गुरुङ निर्वाचित भएकी छिन् । नवराज र लालसुब्बा दुवै अध्यक्ष र उपाध्यक्षमा दोहोरिएका हुन् । अध्यक्षमा ओझाले ५ हजार ७४९ मत ल्याएर विजयी भएका हुन् । उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी अध्यक्ष उम्मेदवार गिमायाँ गुरुङले चार हजार १३७ मत ल्याएकी छिन् ।
उपाध्यक्षमा लालसुब्बा गुरुङले पाँच हजार ४४५ मत ल्याएर निर्वाचित भएकी हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका उपमेयर उम्मेदवार नारायण श्रेष्ठले चार हजार १५३ मत ल्याए । रुपा गाउँपालिकाको ७ वटा वडामध्ये ५ वटा वडा एमालेले जितेको छ भने २ वटा मात्र एउटामा कांग्रेसले जितेको छ । रुपा गाउँपालिकामा १४ हजार ६ सय ७५ मतदाता रहेकामा १० हजार ३४४ मत खसेको थियो ।