कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । अध्यक्षमा कांग्रेसका उम्मेदवार हरिचन्द्र रानाले एमाले उम्मेदवार अक्कलबहादुर विष्टलाई १ हजार ८०६ मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन् । रानाले ४ हजार २०१ मत प्राप्त गर्दा विष्टले २ हजार ३०१ मत प्राप्त गरे ।
त्यसैगरी उपाध्यक्षमा कांग्रेसकै शान्ति नाथ निर्वाचित भएकी छिन् । नाथले एमाले उम्मेदवार फूलकुमारी रानालाई ४ सय ४७ मतको अन्तरले हराउँदै उपाध्यक्षमा निर्वाचित भएकी हुन् । नाथले ३ हजार ६७३ मत प्राप्त गर्दा रानाले ३ हजार २२६ मत मात्र प्राप्त गरिन् ।