कालिकोटमा एमालेका जिल्ला अध्यक्ष मेयरमा पराजित, स्वतन्त्र उम्मेदवार विजयी

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

कालिकोटको खाँडाचक्र नगरपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। स्वतन्त्र उम्मेदवारी दिएका कमलबहादुर शाही नगर प्रमुखमा विजयी भएका हुन्। शाही २७९७ मत ल्याएका थिए। शाहीका प्रतिस्पर्धी पूर्वनगर प्रमुख तथा एमालेका पार्टी जिल्ला अध्यक्ष जसीप्रसाद पाण्डेलाई पराजित गरेका हुन्। पाण्डेले २३६६ मत ल्याएका थिए। 

उपमेयरमा माओवादी केन्द्रका गणेशबहादुर शाही विजयी भएका छन्। एकीकृत समाजवादीबाट शाहीले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए।  त्यस्तै, तिलागुफा नगरपालिकाको चुनावी परिमाण आएको तिलागुफा नगरपालिकामा नेपाली कांग्रेसका शंकरप्रसाद उपाध्यायले २९१६ मत ल्याएर विजयी भनेका छन्। उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दिनेश चँदाराले २५४० मत ल्याएर पराजित भएका छन्। 

उपप्रमुखमा नेकपा एमालेका महेन्द्रबहादुर शाही विजयी भएका छन् उनका निकतम प्रतिद्वन्द्वी माओवादी केन्द्र गीता थापाले २४१६ मत ल्याएकी छिन्। 

See More On

सुझावित समाचार