मुगम कार्मारोङ गाउँपालिका अध्यक्षमा पुनः छिरिङ क्याप्ने

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

मुगुको मुगम कार्मारोङ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका छिरिङ क्याप्ने लामा पुनः विजयी भएका छन्। उनी एमालेका सोनाम छिरिङ लामालाई ९० मतले पराजित गर्दै दोस्रोपटक गाउँपालिका अध्यक्षमा विजयी भएका हुन्।

छिरिङले १५७१ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी सोनामले १४८१ मत पाएका छ्न्। ०७४ को स्थानीय तह निर्वाचनमा पनि यी दुवै उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए। 

त्यस्तै उपाध्यक्षमा एमालेकी  छिरिङ पुटिक तामाङले १५६१ मत प्राप्त गरी विजयी भएकी छिन्। उनका प्रतिद्वन्द्वी माओवादीका गुरु स्याङ्ग्याप लामाले १३८५ मत पाएका छ्न्। यस गाउँपालिकामा एमालेले ४ वडा र कांग्रेसले ५ वडामा  जित हात पारेको छ।

सुझावित समाचार