कालिकोटको पलाँता गाउँपालिकामा अध्यक्षसहित सबै वडामा माओवादी केन्द्र विजयी

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

कालिकोटको पलाँता गाउँपालिकामा माओवादी केन्द्रले गाउँपालिका अध्यक्षसहित सबै वडामा जित निकालेको छ। सोमबार बिहान सार्वजनिक भएको निर्वाचनको नतिजाअनुसार गाउँपालिका अध्यक्षसहित नौवटै वडामा माओवादी केन्द्रका उम्मेदवारहरू विजयी भएका हुन्। 

गाउँपालिकाका अध्यक्षमा विष्णुबहादुर रोकाय, उपाध्यक्षमा अलैपुरा जैशी भण्डारी विजयी भएका छन्। रोकायले २२९२ ल्याएर विजयी भएका हुन्। जैशीले १७४३ मत ल्याएर विजयी भएकी हुन्। नौवटा वडा रहेको गाउँपालिकामा एउटा वडामा बागी उम्मेदवार विजयी भएका छन्। 

निर्वाचन कार्यालयले गरेको घोषणाअनुसार माओवादी केन्द्रबाट वडा नं. १ मा मनप्रसाद न्यौपाने, वडा नं. २ मा भीमप्रसाद न्यौपाने, वडा नं. ३ मा बाँचे विश्वकर्मा, वडा नं. ४ मा तिलकबहादुर बुढा, वडा नं. ५ मा तिलकबहादुर बम, वडा नं. ६ ज्ञानबहादुर ऐडी, वडा नं.७ माओवादी केन्द्रकै बागी उम्मेदवार उमेश बम, वडा नं. ८ मा माओवादी केन्द्रकै गोगनबहादुर बम र वडा नं. ९ मा मानबहादुर बम विजयी भएका छन्। 
 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार