कैलालीको चुरे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका चक्रबहादुर बोगटी निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका लोकबहादुर सारुमगरलाई हराउँदै बोगटी तीन हजार ३०५ मतसहित विजयी भएका हुन् । सारुमगरले तीन हजार २८१ मत पाए ।
उपाध्यक्षमा भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी धना थापा निर्वाचित भइन् । थापाले तीन हजार ४४९ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी एमालेकी दीपादेवी साउँदले तीन हजार १२१ मत पाइन् ।