नुवाकोटको तादीमा कांग्रेसका तामाङ विजयी

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

नुवाकोटको तादी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका सन्तमान तामाङ निर्वाचित भएका छन्। ३,२४१ मत ल्याएर तामाङ अध्यक्षमा निर्वाचित भएका हुन्।

उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका किरणकुमार रिजालले २,५१८ मत ल्याएका छन्। तेस्रो भएका नेकपा एसका कृष्णप्रसाद लामिछानेले १,९४० मत ल्याएका छन्।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका सञ्जु  प्याकुरेल विजयी भएकी छिन्। उनले ३,३९७ मत ल्याएकी छिन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी ईश्वरी उप्रेतीले २,७७८ मत ल्याएकी छिन्। 

वडा अध्यक्षहरूमा वडा नं. १ मा कांग्रेसका नकुरदोङ तामाङ, वडा नं. २ मा माओवादी केन्द्रका बच्चुराम तामाङ, वडा नं. ३ मा कांग्रेसका सोनाम थिङ तामाङ, वडा नं. ४ मा माओवादी केन्द्रका अश्विनकुमार पाण्डे, वडा नंं ५ मा एमालेका सरोज भण्डारी र वडा नं. ६ मा माओवादी केन्द्रमा शेरमान तामाङ निर्वाचित भएका छन्।
 

सुझावित समाचार