संखुवासभाको सिलिचोङ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा भूपालराज मेवाहाङ र उपाध्यक्षमा देविता कुलुङ विजयी भएका हुन्। मेवाहाङले २,२०३ मत प्राप्त गर्दा कुलुङले २,० ७५ मत प्राप्त गरेकी छिन्।
मेवाहाङका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका योगेन्द्र कुलुङ (मञ्जिल)ले २,००९ मत प्राप्त गरेका छन् भने उपाध्यक्षका उम्मेदवार देवीकुमारी राई (भूमिका)ले १,७७० मत प्राप्त गरे।
नेपाली कांग्रेसले सिलिचोङ गाउँपालिकाको वडा नम्बर २ र ३ मा प्यानलै जितेको छ। वडा नम्बर ४ मा अध्यक्षसहित ३ सदस्य जितेको छ। त्यसैगरी वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल, वडा नम्बर ४ मा एक सदस्य र वडा नम्बर ५ मा वडाध्यक्षसहित तीन सदस्य जितेको छ। एक सदस्यमा भने नेकपा एमालेसँग बराबरी मत छ। उक्त मतलाई गोलाप्रथाबाट विजेता निर्धारण गरिनेछ।