जुम्लाको कनकासुन्दरी गाउँपालिकामा पनि प्रमुख र उपप्रमुख दुवै पदमा कांग्रेसकै उम्मेदवार विजयी भएका छन् । प्रमुखमा दामोदर आचार्य २,८०७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका धनबहादुर रावतले २,५६२ मत प्राप्त गरेका थिए ।
गाउँपालिकाको उपप्रमुखमा पनि कांग्रेसकै उम्मकली बुढा निर्वाचित भएकी छिन् । उनले २,३८० मत प्राप्त गरेकी छिन् । उपप्रमुखकी प्रत्याशी रिता खत्रीले १,९४५ मत प्राप्त गरेकी छिन् । ०७४ को स्थानीय तहको निर्वाचिनमा प्रमुख र उपप्रमुख पदमा कांग्रेसकै नरवीर रावल र उर्मिला भण्डारी निर्वाचित भएका थिए ।