गुल्मीको मदाने गाउँपालिकामा गठबन्धनको तर्फबाट महेन्द्र कुँवर विजयी भएका छन्। एमालेका प्रेम केसीलाई १० मतान्तरले पराजित गर्दै कुँवर अध्यक्ष निर्वाचित भएका हुन्। कुँवरले चार हजार सात सय सात र केसीले चार हजार ६ सय ९७ मत प्राप्त गरेका छन्।
उपप्रमुखमा भने एमालेकी सरिता खड्का विजयी भएकी छिन्। उनी दोस्रो कार्यकालको लागि उपप्रमुख भएकी हुन्। उनले गठबन्धनकी बेगम चन्दलाई तीन सय ५४ मतान्तरले पराजित गरेकी छिन्। खड्काको चार हजार पाँच सय ६७ र चन्दको चार हजार दुई सय ११ मत रहेको छ।
गठबन्धनको तर्फबाट वडा नं १ मा सुशील चन्द, वडा नं. ३ मा चेतबहादुर सेन, वडा नं. ४ मा प्रेम सेन, वडा नं. ६ मा मनिराम थापा र वडा नं. ७ मा सन्तोष केसी विजयी भएका छन्। एमालेको तर्फबाट वडा नं. २ मा माधव भुसाल र वडा नं. ५ मा हिमाल खड्का विजयी भएका छन्।