गठबन्धनलाई पराजित गर्दै अर्घाखाँचीको मालारानी गाउँपालिकामा एमाले विजयी

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

मालारानीका नौ वडामध्ये सात वडामा एमाले र दुई वडामा पाँचदलीय गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार विजयी 

गठबन्धनलाई फराकिलो मत अन्तरले पराजित गर्दै अर्घाखाँचीको मालारानी गाउँपालिकामा एमाले विजयी भएको छ । एमालेबाट गाउँपालिकाको अध्यक्षमा दलबहादुर भट्टराई र उपाध्यक्षमा दीपा पोखरेल विजयी भएका छन् ।

दलबहादुर भट्टराईले ८ हजार २ सय ८३ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट माओवादीका उम्मेदवार  पदम क्षेत्रीले ६ हजार ७ सय २६ मत प्राप्त गरे । क्षेत्री १ हजार ५ सय ५७ मतले पराजित भए । 

यसैगरी गाउँपालिकाको उपाध्यक्षमा पोखरेल विजयी भइन् । उनले ८ हजार १ सय ५५ मत प्राप्त गरिन् । गठबन्धनबाट कांग्रेसका उम्मेदवार शोभाखर खनालले ६ हजार ६ सय ५७ मत प्राप्त गरि उपाध्यक्षमा पराजित भए ।

मालारानीका ९ वडामध्ये वडा नं १, ३, ४, ५, ६, ७ र ८ मा एमाले विजयी भएको छ भने वडा नं २ र ९ मा पाँचदलीय गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।

सम्पादकको रोजाइ

सुझावित समाचार