काठमाडौं महानगरमा बालेनको पछिपछि स्थापित र सिंह

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम राखेका छन्। हालसम्म सात हजार ८९ मत प्राप्त गरी साह पहिलो स्थानमा छन्।

साहका प्रतिस्पर्धीहरू एमालेका केशव स्थापित तीन हजार सात सय ४६ मतसहित दोस्रो र नेपाली कांग्रेसकी सिर्जना सिंह तीन हजार तीन सय मतसहित तेस्राे स्थानमा छिन्। हाल राष्ट्रिय सभा गृहभित्र सात स्थानमा काठमाडौं महानगरपालिको मतगणना जारी छ।

सुझावित समाचार