मकवानपुरको विकट क्षेत्रमा पर्ने कैलाश गाउँपालिकामा गठबन्धन विजयी भएको छ । गठबन्धनको तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका लोकबहादुर मोक्तान र उपप्रमुखमा माओवादी केन्द्रका बालकुमार मल्ल विजयी भएका हुन् ।
प्रमुखमा एमालेका उम्मेदवार नरेन्द्रलाल रिजाल र उपप्रमुखमा सुकुमाया थिङलाई पराजित गर्दै गठबन्धन विजयी भएको हो । प्रमुखमा मोक्तानले चार हजार आठ सय ९७ मत ल्याए । एमालेका रिजालले चार हजार ९३ मत पाएका थिए ।
उपप्रमुखमा विजयी भएका मल्लले चार हजार ८८ र थिङले तीन हजार नौ सय ३७ ल्याए । अघिल्लो निर्वाचनमा कैलाशमा प्रमुख, उपप्रमुख नेकपा एमालेबाट विजयी भएका थिए ।