मकवानपुरको इन्द्रसरोवरमा एमाले विजयी

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा नेकपा एमालेबाट प्रमुख र  उपप्रमुख  विजयी भएका छन् ।  प्रमुखमा एमालेका देवकृष्ण पुडासैनी र उपप्रमुखमा उमाकुमारी लामा  विजयी भएका हुन् ।

प्रमुखमा विजयी पुडासैनीले तीन हजार ७ सय २२ र उपप्रमुखमा लामाले तीन हजार ७ सय २५ मत ल्याएकी छन् । लामा  दोस्रो पटक उपप्रमुख बनेकी हुन् । प्रमुखमा कांग्रेसका विश्व लामाले तीन हजार चार सय ७२ मत ल्याएर पराजित भए ।

उपप्रमुखमा कांग्रेसकी निर्मला रुम्बाले तीन हजार ६ सय ५६ मत ल्याएर पराजित भइन् । इन्द्रसरोवरको पाँच वडामध्ये कांग्रेस तीन वडामा  विजयी भएको छ । एमालेले दुई वडा जितेको छ ।
 

सम्पादकको रोजाइ

सुझावित समाचार