गुल्मीको सत्यवती गाउँपालिका प्रमुखमा एमालेका टीकाराम पाण्डेयले छ सय ५६ को मतान्तरले गठबन्धनका तर्फबाट कांग्रेसका पारिश्वर ढकाललाई पराजित गरेका छन् । पाण्डेयको छ हजार दुई सय ६७ र ढकालको पाँच हजार छ सय ११ मत रहेको छ । त्यस्तै उपप्रमुखमा एमालेकी निरमाया तरामुले गठबन्धनको तर्फबाट संयुक्त जनतान्त्रिक मुक्ति मोर्चाकी तेजकुमारी थापालाई छ सय ६३ को मतान्तरले पराजित गरेकी छन् ।
तरामुको छ हजार दुई सय २४ र थापाको पाँच हजार पाँच सय ६१ मत रहेको छ । त्यस्तै सत्यवती वडा नं १ मा एमालेका अर्जुन कनौजेले कांग्रेसका झविलाल पाण्डेलाई पराजित गरेका छन् । वडा नं २ मा एमालेका खड्गविर थापाले गठबन्धनको तर्फबाट जनमोर्चाका रोम बहादुर कुवरलाई पराजित गरेका थिए । वडा नं ३ मा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका जीत बहादुर तरामुले एमालेका लोक बहादुर रानालाई पराजित गरेका छन् ।
वडा नं ४ मा एमालेका पिताम्बर ज्ञवालीले कांग्रेसका श्रीप्रसाद बुढाथोकीलाई पराजित गरे । वडा नं ५ मा कांग्रेसका बाबुराम ज्ञवालीले एमालेका नारायण न्यौपाने पराजित गरेका हुन् । वडा नं ६ मा कांग्रेसका विष्णु प्रसाद भण्डारीले एमालेका महेन्द्र भण्डारीलाई पराजित गरे । वडा नं ७ मा एमालेका लोक बहादुर बुढाथोकीले काग्रेसका भिमबहादु क्षेत्री (सुरज) र वडा नं ८ मा एमालेका होम बहादुर रानाले कांग्रेसका विष्णु प्रसाद रानालाई पराजित गरेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ