कुञ्जुमा बनिन् मुगुकै पहिलो महिला वडाध्यक्ष

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

मुगुको छायानाथ रारा नगरपालिका–११ को अध्यक्षमा नेकपा (एकीकृत समाजवादी) पार्टीकी कुञ्जमा कुमाइ निर्वाचित भएकी छिन्। उनी १२९ मतसहित वडाध्यक्षमा विजयी भएकी हुन्।

उनका प्रतिद्वन्दी नेकपा (एमाले)का तेजबहादुर बुढाले १२४ मत पाएका छन्। वडामा कुल ४९६ मत खसेको थियो। ५ मतान्तरले विजयी भएकी कुमाइ जिल्लाका ४५ वडामध्ये पहिलो निर्विचित महिला वडाध्यक्ष बनेकी छ्न्। यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा जिल्लाका ४५ वडामध्ये कुनै वडामा पनि महिलाले अध्यक्षको टिकट पाएका थिएनन्।

सम्पादकको रोजाइ

सुझावित समाचार