भरतपुरमा एमालेले खाता खोल्यो

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

नेकपा (एमाले)ले भरतपुरमा खाता खोलेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा विकास थापा विजयी भएसँगै एमालेले भरतपुरमा खाता खोलेको हो । भरतपुरको वडा नम्बर ३ कांग्रेसको गढ मानिन्छ । तर, यसपटक वडाध्यक्ष उम्मेदवार बनाउने वेलामा यहाँ विवाद भएको थियो ।

वडा नम्बर ३ को अध्यक्षका लागि कांग्रेसबाट तारामित्र पण्डितको नाम मात्र सिफारिस भएको थियो । तर, उनलाई  बेवास्ता गर्दै क्षेत्रीय सभापति भरतप्रसाद लामिछानेले आफैँलाई उम्मेदवार बनाउने निर्णय गरे । तारामित्र पण्डितले स्वतन्त्र उम्मेदवारी दिए पनि वडामा देखिएको विवादले निर्वाचनको नतिजामा सहजै प्रभाव पारेको देखिन्छ । तारामित्र पण्डितले मतगणना अघि उम्मेदवारी फिर्ता लिएका थिए। 

यसअघि भरतपुर १ र २  कांग्रेसका उम्मेदवार केशव महर्जन र मनोज रानाभाट विजयी भएका थिए ।
 

सुझावित समाचार