सर्लाहीको हरिपुरकाे मेयर उपमेयरमा कांग्रेस विजयी

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

सर्लाहीको हरिपुर नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसबाट मेयरको उम्मेदवारी दिएका गोपाल पंजियार विजयी भएका हुन् । पंजियारले ६९३८ मत प्राप्त गरे । यस्तै, उपमेयरमा पनि कांग्रेसकै उम्मेदवार निलमदेवी राय यादव ५५८३ मत सहित विजयी भइन् । 

मेयरका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का सुनिलकुमार बुढाथोकीले ३८८७ मत  प्राप्त गर्दै पराजित भए । उपमेयरको निकटतम प्रतिस्पर्धी नेकपा (एकिकृत समाजवादी)की शिला कार्कीले ४०७६ मतमात्र प्राप्त गरिन् ।

२०७४ सालको स्थानीय तह चुनावमा यस नगरपालिकामा नेकपा एमालेले जितेको थियो । पार्टीमा विभाजन आएसँगै एकीकृत समाजवादीमा गएका निवर्तमान मेयर जमिरुद्दिन मन्सुर २८०५ मत सहित तेस्रो स्थानमा देखिए । 

वडातर्फ हरिपुर नगरपालिका–१, मा माओवादी केन्द्रका नानीबाबु थापा, २ नम्बर वडामा नेकपा एमालेका निलविक्रम थापा, ३ नम्बर वडामा माओवादी केन्द्रका लाल महमद शेष, ४ नम्बर वडामा एमालेका संजय प्रसाद साह, ५ नम्बर वडामा कांग्रेसका सुरेन्द्रप्रसाद चौधरी विजयी भएका छन् । 

यस्तै, हरिपुर ६ नम्बर वडामा  कांग्रेसका प्रेमहरि श्रेष्ठ, ७ नम्बर वडामा कांग्रेसका मनोज कुमार चौधरी, ८ नम्बर वडामा एकीकृत समाजवादीका हरिबहादुर थापा र ९ नम्बर वडामा एकीकृत समाजवादीका विश्वनाथ राय विजयी भएका छन् । 

See More On

सुझावित समाचार