विराटनगर नगरपालिका वडा नम्बर १७ मा जनता समाजवादीका ससिम कमर मियाँ विजयी भएका छन् । अन्तिम मतपरिणामअनुसार उनले एक हजार चार सय ५० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका असलम आलमले नौ सय ४४ मत प्राप्त गरेका छन् ।
प्रतिस्पर्धीहरू एमालेका मोहमद हमिद आजादले ६ सय दुई र माओवादी केन्द्रका जाबेद आलमले चार सय १२ मत प्राप्त गरेका छन् । विराटनगरमा यसअघि १९ नम्बर वडामा एमालेका अध्यक्ष श्याम घिमिरे प्यानलसहित विजयी भइसकेका छन् ।