दैलेखको डुंगेश्वर गाउँपालिकामा एमाले विजयी

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

दैलेखको डुंगेश्वर गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजयी भएको छ । कांग्रेसका निवर्तमान अध्यक्ष नगेन्द्र मल्ललाई पराजित गर्दै नेकपा एमालेका सुन्दरकुमार केसी विजयी भएका हुन् ।

केसीले तीन हजार चार सय ६ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी मल्लले तीन हजार तीन सय ३६ मत प्राप्त गरेका छन् । डुंगेश्वर गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेकै कलावती न्यौपाने विजयी भएकी छिन् ।

उनले तीन हजार पाँच सय ७७ मत ल्याउँदा नेपाली कांग्रेसकी एलिजा कुमारी थापाले तीन हजार एक सय ५२ मत ल्याएर पराजित भएकी छिन् । 
 

सम्पादकको रोजाइ

सुझावित समाचार