मतगणनाकै क्रममा धनुषाको धनौजीमा विवाद, झडप नियन्त्रण गर्न हवाई फायर

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

धनुषाको धनौजी गाउँपालिकामा मतगणनाकै क्रममा विवाद हुँदा प्रहरीले हवाई फायर गरेको छ । धनौजी गापा १ को लखौरी गाउँको मतगणा क्रममा पोलिङभन्दा बढी मतपत्र देखिएपछि विवाद भएको हो । 

विवादले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन हवाई फायर गरेको छ । गाउँपालिका वडा १ को मतगणा आइतबार रातिदेखि नै भइरहेको थियो । सोही क्रममा पोलिङभन्दा १५ वटा मतपत्र बढी देखिएपछि विवाद भएको स्थानीय सहादत राईले जानकारी दिए । 

सो गाउँपालिकामा वडा ३,४ र ५ को मतगणना सम्पन्न भइसकेको छ । यी वडाहरुमा नेपाली कांग्रेसका वडाका उम्मेदवारहरु विजयी भएका छन् भने गाउँपालिका अध्यक्षमा पनि कांग्रेसकै उम्मेदवारले अग्रता लिएका छन् । 
 

सम्पादकको रोजाइ

सुझावित समाचार