बैतडीकाे शिवनाथमा कर्ण साउद दोहोरिए, उपाध्यक्षमा एमालेकी शकुन्तला विजयी

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

बैतडीको शिवनाथ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कर्णसिंह साउद र एमालेकी शकुन्तला साउद विजयी भएका छन्। अध्यक्षमा कर्णसिंह साउदले तीन हजार एक सय ६५ मत ल्याए भने एमालेका हजारी साउदले दुई हजार ८ सय ४५ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा एमालेका सकुन्तला साउदले २ हजार ८ सय १७ मत ल्याइन् भने माओवादीका नरेन्द्र साउदको २दुई हजार ६ सय ९९ मत आएको छ । यसअघि २०७४ को निर्वाचनका शिवनाथमा अध्यक्षमा कांग्रेसबाट कर्णसिंह साउद र उपाध्यक्षमा एमालेबाट कुश्मा चन्दले जितेकी थिइन् ।

शिवनाथमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन रहेको थियो भने नेकपा (एमाले)का उम्मेदवार एकल प्रतिस्पर्धामा थिए । शिवनाथको वडा नं १, ३ र ५ मा कांग्रेस तथा २ र ४ मा एमाले र ६ मा माओवादी केन्द्रले जितेको छ।

सम्पादकको रोजाइ

सुझावित समाचार