धन्कौल गाउँपालिकामा दोस्रो कार्यकालका लागि साह विजयी

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

सर्लाही जिल्लास्थित धन्कौल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राम आश्रय साह पुनः विजयी भएका छन्। धन्कौल गाउँपालिकाको निवर्तमान अध्यक्षसमेत रहेका साह पुनः दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन्। 

साहले ४४७७ मत प्राप्त गरे। यस्तै उनका निकटतम प्रतिस्पर्धीका रुपमा नेकपा(माओवादी केन्द्र) का फकिरा महतो ३३७८ मत मात्र प्राप्त गरे। यस्तै तेस्रो स्थानमा रहेका नेकपा एमालेका अजय कुमार सिङले १६०७ मत मात्र प्राप्त गरे।

धन्कौल गाउँपालिका नेपाली कांग्रेसको कडा प्रभाव क्षेत्रको रुपमासमेत रहेको छ। धन्कोल नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्र सिङ तथा मधेश प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री बिरेन्द्र सिङको गाउँसमेत हो।

सम्पादकको रोजाइ

सुझावित समाचार