सर्लाही जिल्लास्थित धन्कौल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार रामआश्रय साह पुनः विजयी भएका छन्। धन्कौल गाउँपालिकाको निवर्तमान अध्यक्षसमेत रहेका साह पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
साहले ४४७७ मत प्राप्त गरे। यस्तै, उनका निकटतम प्रतिस्पर्धीका रूपमा नेकपा(माओवादी केन्द्र) का फकिरा महतो ३३७८ मत मात्र प्राप्त गरे। यस्तै, तेस्रो स्थानमा रहेका नेकपा एमालेका अजयकुमार सिंहले १६०७ मत मात्र प्राप्त गरे।
धन्कौल गाउँपालिका नेपाली कांग्रेसको कडा प्रभाव क्षेत्रका रूपमा समेत रहेको छ। धन्काैल नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्र सिंह तथा मधेस प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहको गाउँसमेत हो।