बझाङको मष्टा गाउँपालिकाको प्रमुख / उपप्रमुखसहित ६ वडामा गठबन्धन विजयी

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

बझाङको मष्टा गाउँपालिका प्रमुख उपप्रमुखसहित ६ वटा वडामा गठबन्धन विजयी भएका छ । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका ज्ञानबहादुर बोहरा, उपाध्यक्षमा माओवादी केन्द्रका  हरिलाल धामी निर्वाचित भएका हुन् । बोहोराले तीन हजार ८३ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिपक रोकायाले दुई हजार तीन सय ३७ मत प्राप्त गरे ।

गाउँपालिका उपाध्यक्षमा निर्वाचित माओवादीका हरिला धामीले दुई हजार ८ सय १७ मत पाउँदा निकतटम प्रतिद्वन्द्वी एमालेकी शर्मीला रोकायाले  दुई हजार तीन ३० मत पाएकी थिइन् । त्यस्तै मष्टा १ मा माओवादी केन्द्रका वडाध्यक्षसहित प्यानल विजयी भएको छ । माओवादीका रामचन्द्र रोकाया ६ सय ३६ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएका हुन् । ४ जना वडा सदस्य गठबन्धनकै निर्वाचित भए ।

वडा नम्बर २ मा कांग्रेसका प्रकाश खड्का चार सय ५६ मत ल्याएर बिजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका बिर्ख कठायत चार सय ४७ मत प्राप्त गरि पराजित भएका छन्  । वडा नम्बर ३ मा एकीकृत समाजवादीका धर्मराज धामी दुई सय ९१ मतसहित विजयी भए । एमालेका पुरन धामीले दुुई सय १५ मत पाए ।
वडा नम्बर ४ मा कांग्रेसका उत्तम जोशी तीन सय ४२ मतसहित विजयी भएका छन् भने नेकपा एमालेका गोपाल कठायत तीन सय २७ मत प्राप्त गरि पराजित भएका छन् ।

वडा नम्बर ५ मा कांग्रेसका सुधन बोहरा तीन सय ४० मतसहित विजयी भएका छन् भने नेकपा एमालेका रण बोहराले  तीन सय ३४ मत पाए । वडा नम्बर ६ मा माओवादी केन्द्रका  शिवराज बोहरा चार सय ५८ मतसहित विजयी हुँदा एमालेका गोपाल आग्रीले एक सय ३२ मत पाए । वडा नम्बर ७ को वडाध्यक्षमा नेकपा एमालेका धनबहादुर जेठारा चार सय २१ मतसहित विजयी भए । माओवादी केन्द्र रमेश जेठाराले तीन सय ८० मत पाएका थिए

सम्पादकको रोजाइ

सुझावित समाचार