कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा कांग्रेसका मिनबहादुर गुरुङ निर्वाचित

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मिनबहादुर गुरुङ निर्वाचित भएका छन् । आफ्ना निकटम प्रतिस्पर्धी नेकपा एमालेका विक्रम गुरुङलाई चार सय ८२ मतान्तरले पराजित गर्दै गुरुङ निर्वाचित भएका हुन् । उनले पाँच हजार नौ सय ८१ मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिस्पर्धी एमाले उम्मेदवार विक्रम गुरुङले  पाँच हजार पाँच सय १५ प्राप्त गरे ।

उपाध्यक्षतर्फ पनि नेपाली कांग्रेसकै सिता अधिकारी निर्वाचित भएकी छन् । उनले आफ्ना निकटम प्रतिद्धन्दी एमालेकी सीता तिवारीलाई चार सय २५ मतान्तरले पराजित गरिन् । अधिकारीले पाँच हजार दुई सय ७५ मत प्राप्त गर्दा तिवारीले चार हजार ८ सय ९७ मत प्राप्त गरिन् । २०७४ को स्थानीय तह निर्वाचनमा उक्त  पालिकामा नेकपा एमाले विजयी भएको थियो ।

माछापुच्छ्रे गाउँपालिकामा नेपाली कांग्रेस ७ वटा वडामा विजयी भएको छ । जसमध्ये वडा नम्वर १ मा इन्द्र गुरुङ, २ मा गणेश आचार्य, ३ मा हरिचन्द्र लम्साल, ४ मा मधुसुधन अधिकारी, ५ मा नारदप्रसाद पौडेल, ८ मा राम गुरुङ र ९ मा हरिबहादुर क्षेत्री वडाध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै वडा नम्वर ६ मा नेकपा एमालेका टेकनाथ गौतम र ७ मा नेकपा माओवादी केन्द्रका बैकुण्ठ प्रसाद भण्डारी निर्वाचित भएका छन् ।
 

सम्पादकको रोजाइ

सुझावित समाचार