रसुवाको आमाछोदिङ्मो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

रसुवाको आमाछोदिङ्मो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेसले जितेको छ । अध्यक्षमा बुचुङ तामाङले एक हजार चार सय ३० मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका फर्पुसिंगी तामाङले हजार तीन सय ४५ मत पाए । 

उपाध्यक्षमा कांग्रेसकी चण्डिका तामाङ एक हजार तीन सय ८१ मत ल्याएर निर्वाचित भइन् । उपाध्यक्षकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी नविना लामाले एक हजार दुई सय २३ मत प्राप्त गरिन् । २०७४ सालमा भएको निर्वाचनमा पनि  बुचुङ तामाङले नै अध्यक्षमा जितेका थिए ।
 

सम्पादकको रोजाइ

सुझावित समाचार