ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा कांग्रेसले जित हाँसिल गरेको छ ।  कांग्रेसका युकाहाङ हाँ विर लिम्बुले ९९ मत बढी ल्याई  निर्वाचित भएका हुन् ।

उनले  दुई हजार ८ सय ६९ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्द्धी नेकपा एमालेका केदारजंग लिम्बुले दुई हजार ७ सय ७० मत प्राप्त गरेका छन् ।  लिम्बु गठबन्धनबाट कांग्रेसका उम्मेदवार बनेका थिए । 

उपाध्यक्षमा गठबन्धनकै  नेकपा (एकिकृत समाजवादीका) दुर्गाप्रसाद चोङबाङ निर्वाचित भएका छन् । उनले  नौ सय ४१ मत बढि प्राप्त गरेका छन् । उनले दुई हजार पाँच सय ९८ मत प्राप्त गरेका छन् ।  उनका निकतम प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेदवार दावाछिरिङ शेर्पाले एक हजार ६ सय ९७ मत प्राप्त गरेका छन् ।  

सुझावित समाचार