रुकुम पूर्वको पुथाउत्तरगंगाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा पुणिराज घर्ती र उपाध्यक्षमा भुपेन्द्रा पुन विजयी भइन् ।

नेपाली कांग्रेसका तेजेन्द्र बुढालाई पराजित गर्दै माओवादीका घर्ती विजयी भएका हुन् । घर्तीले तीन हजार नौ सय १३ मत ल्याउदा कांग्रेसका बुढाले दुई हजार एक सय १३ मत ल्याए । 

उपाध्यक्षमा निर्वाचित बुढाले चार हजार ४९ मत ल्याइन् । निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी मल्लले दुई हजार १० मत पाइन् । त्यस्तै गाउँपालिकाका १४ वडा मध्य नेकपा माओवादी केन्द्रले ११ वटामा विजय हाँसिल गरेको छ । २ वडा एमालेले जित्दा एउटा वडा कांग्रेसले जितेको छ । 

सम्पादकको रोजाइ

सुझावित समाचार