कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका हेल्मो समुदायका नेता निमाग्याल्जेन शेर्पाले हेलम्बु गाउँपालिका अध्यक्षमा दोस्रो पटक जित हाँसिल गरेका छन् । उपप्रमुखमा कांग्रेसकी अप्सरा लामिछाने विजयी भइन् ।
शेर्पाले पाँच हजार तीन सय ९६मत ल्याए । उनका प्रतिद्वन्द्वी एमालेका दावा लामाले चार हजार ६ सय तीन मत ल्याए । उपप्रमुखमा लामिछानेले पाँच हजार दुई सय १४ मत प्राप्त गरिन् । प्रतिस्पर्धी एमालेकी गंगा अर्यालले चार हजार ६ सय ७१ ल्याइन् ।