स्थानीय तह निर्वाचन अन्तर्गत रामेछापको उमाकुण्ड गाउँपालिका–१ गुम्देलमा एमालेका ङावातिण्डु शेर्पा विजयी भएका छन् । वडा अध्यक्ष सहित ३ जना सदस्य एमालेबाट र खुल्ला एक सदस्य कांग्रेसबाट निर्वाचित भएका हुन् ।
एमालेका शेर्पा ४७४ मत ल्याएर विजयी भएका हुन् । सदस्यहरुमा गंगाबहादुर भुजेल खुला सदस्य (४१९), शारदा देवी बस्नेत महिला सदस्य (४५९) र मम माया कामी दलित सदस्य (४५०) मत ल्याएर विजयी भएका छन् ।
कांग्रेसबाट खुला सदस्यका उम्मेदवार नामगेलु शेर्पा ४२३ मतसहित विजयी भएका छन् ।
नवनिर्वाचित वडाध्यक्ष शेर्पाले समृद्ध गुम्देल निर्माणमा जुट्ने प्रतिवद्धता जनाएका छन् ।