जितपुरसिमरा उपमहानगरमा गठबन्धनले मतान्तर बढाएको छ । गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार राजन पौडेलले ५,९६१ मत ल्याएका छन् ।
एमालेकी सरस्वतीदेवी चौधरीले ४,२७५ मत ल्याएर पौडेललाई पछ्याइरहेकी छिन् । लोसपाका सञ्जय साहले १,३३१ र राप्रपाका माधव त्रिपाठीले ७६८ मत ल्याएका छन् ।
उपमेयरमा गठबन्धबाट कांग्रेसकी मेघा शाहीले ५,९२९ मतसहित अग्रता लिएकी छिन् । एमालेका भोला अधिकारीले ४,५९३ मतसहित शाहीलाई पछ्याइरहेका छन् ।
लोसपाका बिपी मोक्तानले १,३११ र राप्रपाकी सुष्मा मिश्रले ९५० मत ल्याएकी छिन् ।