काठमाडौंमा बालेन दोब्बर मतान्तरले अगाडि

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले दुई हजार बढीको मतान्तर बढाएका छन् । जारी मतगणनामा उनले निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार केशव स्थापितसँग २ हजार ६२ को मतान्तर बढाएका हुन्।

शनिबारबाट जारी मतगणनामा आइतबार राति साढे ११ बजेको परिणामअनुसार साहले ४३६५ मत प्राप्त गरेका छन् भने स्थापितले २३०३ मत प्राप्त गरेका छन् ।

कांग्रेसकी सिर्जना सिंहले २०६७ मत प्राप्त गरेकी छिन् । हालसम्म महानगरमा वडा नम्बर १ को मतगणना सकिएको छ । वडा नम्बर २,३,४,३१ र ३२ को मतगणना जारी छ ।

See More On

सुझावित समाचार